…अनि म बेश्या बनें (भाग-४)

Prostitute

त्यो बिहान जब त्यो जँड्याहा ले “शहरमा तिम्रो भगवान मरेको छ” भन्यो मन त्यसै त्यसै आतिएर आएको थियो | केहि कुरा नबुझ्दा नबुझ्दै पनि डर बढिरहेको थियो भित्रैदेखि | उसले त्यति भनेर अगाडी बढ्ना साथ म फरक्क फर्किएँ र जताबाट आएको थिएँ त्यतैको बाटो लागें, कम्तिमा ढुक्क थिएँ म कि अब हराउँदिन | फर्किएर मैतीदेवी पिपलबोट नेर आइपुग्दा एक हुल युबाहरुको समूहसंग जम्का भेट भयो | “दाइ, कमलपोखरी तिरबाट आउनुभाको हो?” तिनैमध्येको एउटाले सोध्यो | “होइन, म यहीं नजिकै बाट” मैले भनें | “दाइले केहि खबर थाहा पाउनुभाको त छैन नि?” अर्कोले प्रश्न गर्यो | “के? कस्तो खबर?” मैले भनें | “राजा बिरेन्द्रको सप्पै बंशनाश भयो रे” भन्दाभन्दै उनीहरु बाटो लागे | मैले केहि सोध्नै पाइन | शहर अझै उठिसकेको थिएन | हतार हतार कोठामा पुगें | टेलिभिजन थिएन म संग अर्थात त्यो समयमा टेलिभिजन किनेर कोठामा राख्न सक्ने हैसियत बनेको थिएन मेरो | एफ.एम रेडियो सहितको चाइनिज लाइट थियो | लाइट बल्न छाडेको सायद महिनौं भैसकेको थियो तर बत्ति भएको बेला तार जोडेर रेडियो सुन्न सकिन्थ्यो | त्यसैले गर्दा हुनुपर्छ त्यसले मेरो माया पाएको थियो | मतलब, ब्याट्रीले काम गर्दैनथ्यो, बत्ति भएको बेला रेडियोले सम्म काम गरेको थियो र नै मैले त्यसलाई जोगाएर राखेको थिएँ | भित्र पस्नासाथ त्यहि लाइट बल्न छाडेको रेडियो निकालें र बत्तिको प्लगमा जोडे | समाचार भन्नु पर्ने बेला रेडियोले सुन्दै रुन मन लाग्ने धुन बजाइरहेको थियो | हतार हतार सबै एफ.एम का फ्रिक्वेन्सी बदल्दै गएँ सबैमा एउटै कुरा बजिरहेको थियो– शोक धुन |

त्यो दिन मैले पहिलोपटक महशुस गरेको थिएँ कि मानिसलाई सबैभन्दा ठुलो पीडा आफ्नै हुँदोरहेछ | लगभग ८ बजेतिर यसो बाहिर निस्केको थिएँ, सडक अझै सुनसान नै थियो | पसलहरु सबै जस्तो बन्द थिए | खुलेकाहरुको पनि शटर आधा मात्र खोलिएको थियो | अवस्था हेर्दा लाग्दैथ्यो यहाँ जतिबेला, जे पनि हुन सक्छ | हरेकको हात-हातमा रेडियो थियो | आफ्नै हातमा नहुनेहरु पनि रेडियो हुनेहरुसंगै मिसिएका थिए | अनि कहीं कतै केश मुन्डन गरेका युबाहरुको भीड पनि भेटिन्थ्यो | मान्छेहरु सबै त्रसित थिए, बास्तबिकता कसैलाई थाहा थिएन | सबैले आफ्ना-आफ्नै अड्कलबाजीहरु गरिरहेका थिए | फर्केर कोठामा आएँ एक प्याकेट चुरोट र एक पोका दुध लिएर | खाना बनाएर खाने मन थिएन | कोठामा छिर्नासाथ त्यहि नबल्ने लाइटको रेडियो खोलें, ग्याँस बालेर दुध तताउन बसालें, एउटा चुरोट सल्काएँ र बरन्डामा निस्किएँ | भित्र कोठामा रेडियो शोक धुन बजाइरहेको थियो | अचानक शोक धुन रोकियो र कोहि बोल्न थाल्यो | दौडदै भित्र छिरें, खोइ कुन्नि के को अत्यन्त जरुरि सुचना भनिरहेको थियो, मैले अन्तिमको “अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ” भन्ने मात्र सुनें | र फेरी रेडियोले शोक धुन बजाइरह्यो र म त्यहि धुन संगै रोइरहें, त्यो दिनभरिनै |

म तल सडकमा गुडिरहेका सवारीहरू र ल्याम्प पोस्टमा बलिरहेका बत्तिको प्रकाशमा चम्किरहेका रंगीबिरंगी विज्ञापनका बोर्डहरु हेर्दै सोचिरहेको बेला खल्तीमा मोबाइल बज्दा झसङ्ग भएँ | निकालेर हेरें मेसेज आएको रहेछ कोहिनूरको लेखिएको थियो; “जुन हेर्दैछु बाहिर आकाशमा र सोच्दैछु, कोइ कोइ मान्छेलाई नि यसैगरी हेरिरहन मिल्ने भए म सयौं रात यसैगरी बिताइदिन्थें”

बल्ल म आफ्नो बास्तबिकतामा फर्किएँ | उठेर भित्र गएँ | फेरी एक गिलास चिसो पानि खाएँ, एउटा चुरोट सल्काएँ र बरन्डामा निस्किएँ | निस्किंदै गर्दा कोठाको भित्तामा झुण्डीइरहेको भित्ते घडीमा आँखा पुर्याएँ | रातको १ बज्दै थियो | बरन्डामा निस्केर बायाँ हातका दुइ औंलाको बिचमा चेपिराखेको चुरोटको लामो सर्को तानें र मेसेज टाइप गर्न थालें, कोहिनूरलाई |

-    “त्यहि कुराको डर थियो मलाइ पनि, त्यसैले हो | मलाइ कसैकसैलाई सयौं रात नसुताएर बिरामी बनाउनु छैन नि त” मैले रिप्लाइ गरें |

-    “बिरामी नहुने ग्यारेन्टी भयो भने नि? अनि खाना खाको हो? के गर्दै?” उसले फेरी लेखि |

-    “रातभर हेर्न पाइने ग्यारेन्टी भो, तर बिरामी नहुने ग्यारेन्टी पछि मात्र है त? खाना खाएँ | म नेटमा छु |” मैले खाना खाएको र नेटमा छु भनेर दुवै कुरा झुट बोलें | संगै लेखें “अनि तिमि के गर्दै त?”

-    “एउटा ब्लग पढ्दै छु, मेरो लेखकको” उसले तुरुन्त जवाफ फर्काइहाली |

-    “राम्रो बानि रहेछ, ब्लग पढ्ने” मैले लेखें |

-    “सबैको होइन, एक-दुइ जनाको मात्र पढ्छु र नियमित पढ्ने गर्छु म उनीहरुको” उसले लेखि |

-    “अनि अहिले कसको ब्लग पढ्दै त? अनि के बिषयमा?” मैले प्रश्न गरें |

-    “कथा हो र मलाइ कथाहरु पढ्न निकै मन पर्छ” उसले तुरुन्त रिप्लाई गरि |

ब्लग त मैले पनि लेख्ने गरेको थिएँ | दुइवटा ब्लगहरु थिए मेरा एउटा आफ्नै नामको र अर्को एउटा छद्मनाममा जहाँ म केवल दुख, पीडा, आँशु र गुनासोहरु मात्र लेख्ने गर्थें | आफ्नो मनमा लागेका, आफैंले भोगेका अनि नजिकका साथीभाई हरुले भोगेका जीवनका बिभिन्न पाटालाई एउटा त्यो ब्लगमा लेख्ने गरेको थिए, कथा, कबिता र गजल जस्ता साहित्यका माध्यमबाट किनभने म को हुँ, कहाँ छु र के गर्छु भन्ने कसैलाई थाहा होस् भन्ने म चाहन्नथिएँ | त्यसैगरी राजनीतिक, सामाजिक र अन्य बिषयबस्तुहरुको बारेमा लेख्न आफ्नै नामको ब्लग प्रयोग गर्ने गर्थें |

-    “साँच्ची तपाइंले “भगवानले आत्महत्या गरेछ” भन्ने कथा पढ्नुभएको छ? पढ्नुस, निकै राम्रो छ” उसले फेरी मेसेज गरि | अचम्म, उसले त मैले नै लेखेको कथाको पो कुरा गर्दैछ | अत्यन्तै खुसि लाग्दो रहेछ जब आफैंले लेखेको कथा कसैले राम्रो छ, पढ भनेर सुझाउँदा |

-    “हजुर, पढेको छु, सबै भाग पढेको छौ तिमीले पनि?” मैले म नै त्यसको लेखक हुँ नभनी उसको त्यो कथा प्रतिको धारणा बुझ्न खोजें | सामान्य परिबारको एउटा नेपालि युवा आफ्नै सपना र महत्वाकांक्षाहरुले पिसिएर अन्ततः पागल भएको कथा लाइ उसको जीवनसंग जोडिएका उतार चढाव हरुसंग जोडेर लेखेको थिएँ मैले | जो सामाजिक मिडिया र ब्लग पढ्ने हरुका बिच अत्यन्तै चर्चित पनि बनेको थियो र अहिले त्यही कथाको बारेमा भन्दै थिई मलाइ, कोहिनूर |

त्यसरी नै ब्लग, कथा र जीवनका अन्य पाटाहरुको बारेमा कुरा गर्दै गर्दा रातको २ बजिसकेको थियो र मैले भनेको थिएँ;

-    “अब सुतौं होला”

-    “सुत्ने र?” उसले तुरुन्तै रिप्लाई गरि

-    “गुड नाइट म सुतें, अब सुतिन्छ भोलि दिउसो २ बजेसम्म” मैले भनें |

-    “दुइ बजेसम्म सुतिन्छ रे? ड्युटी जानु पर्दैन?” उसले सोधी |

-    “भोलि अफ छ मेरो, त्यसैले त यति रातिसम्म नसुती बस्या त” मैले भनें |

-    “गुड न्युज, मेरो लागि” उसले भनि |

-    “किन?” मैले रिप्लाई गरें |

-    “भोलि पनि म कोइ कोइ लाइ भेट्न पाउने भएँ नि त, पाउँछु नि?” उसले प्रश्न गरि |

-    “यदि तिमि चाहन्छौ भने?” मैले सबै कुरा उसैको जिम्मामा छाडें |

-    “ल त्यसो भए भोलि पक्का है त? कतै घुम्न जानुपर्छ” उसले भनि |

-    “ल हुन्छ, म सुतें” मैले लेखें अनि सुत्न भनि कोठामा छिरें |

भोलिपल्ट बिहान स्थानीय समय अनुसार करिब ११ बजेतिर उठें, बाथरुम गइवरी फ्रेश भएर आएँ | ग्याँस बालेर कफी को लागि पानि बसालें | एउटा चुरोट सल्काएं र फ्रिजमा खानेकुरा केहि छ भनेर खोज्दै थिएँ, फोन बज्यो | कोहिनूर, भन्दै थिई “तपाईं फ्री हो भने निस्कनुहुन्छ?”

-    “कहाँ” मैले भनें |

-    “त्यहि क्याफे मा आउनुस न अनि कतै निस्कौला नि” उसले भनि

-    “कतिबेला?”

-    “हजुरलाई कतिबेला फुर्सद मिल्छ? म त फ्री नै छु” उसले भनि

-    “ल आधा घण्टा भित्र” मैले भनें | कफी बन्यो, फ्रिजमा हिजोको बासि ब्रेड रहेछ, तताएँ र त्यहि लिएर बरण्डामा निस्कें | कफी, ब्रेड, चुरोट अनि म र यो अस्ट्रेलियाको ब्यस्त शहर मेलबर्न अनि त्यसैसँग जोडिन आइपुगेकी एउटी पात्र कोहिनूर |

उसले भनेकै समयमा म रेडी भएर त्यो क्याफे पुगिसकेको थिएँ | म पुग्दा त उ त्यहीं नै आइपुगीसकेकी रहिछे | त्यहि टेबल- जहाँ हामि यो भन्दा अगाडी पनि २-४ पटक बसेका थियौं- मा बसेर चुरोट उडाउँदै थिई उ | म पुग्नासाथ, जुरुक्क उठी, आएर अँगालो हाली र भनि “आइ फिल, आइ एम सो लक्की”

-    “एस यु आर” मैले भनें र संगैको कुर्सीमा बसी टेबलमा राखिएको बट्टाबाट एउटा चुरोट लिएर सल्काएं |

-    “यु नो व्हाट? दिस वन इज द स्पेसल डे फर मी” उसले भनि |

-    “थाहा पाएँ” मैले भनें

-    “कसरि?” उसले अचम्मित हुँदै सोधी? “मैले केहि भनेकै छैन”

-    “भर्खरै भनेको होइन त तिमीले?” मैले भनें |

-    “बाठो मान्छे” उसले आफ्नो दायाँ हातले मेरो बायाँ कुममा बिस्तारै हिर्काउँदै भनि “टुडे इज माइ बर्थ डे एण्ड आइ एम सो ह्याप्पी टु बी विथ यु”

-    “किन?” मैले भनें |

-    “किन भने मलाई तपाईंको साथ रमाइलो लाग्छ” उसले भनि |

-    “किन? म जोक गर्छु र?” मैले भनें |

-    “रमाइलो गर्नु वा हुनु भन्नु जोक गर्नु मात्र हुन्छ?” उसले प्रतिप्रश्न गरि |

-    “हा हा हा, तिमि रमाइली मान्छे छौ” मैले भनें |

-    “अनि तपाईं छुचो” उसले भनि |

-    “हो म छुचो छु, र म स्वीकार गर्छु म छुचो छु भनेर” मैले भनें |

-    “हो तपाईं छुचो हुनुहुन्छ र त मलाइ मन पर्छ” उसले भनि |

-    “साँच्ची?” मैले भनें “म धन्य भएँ”

-    “किन? कुनै शंका?” उसले भनि |

-    “होइन, मलाइ केटीहरुको बिश्वास लाग्दैन?” मैले भनें

-    “केटीहरुको? सिधै भने भैगो नि तिम्रो बिश्वास लाग्दैन भनेर?”  उसले रिसाएको जस्तो गरि |

-    “तिमि शंका गर्नुपर्ने गरि नालायक छैनौ |” मैले भनें |

-    “मतलब?” नालायक त छु नि म?” उ झनै रिसाएको जस्तो गरि |

-    “होइन, मैले केटीहरुलाई हेर्ने नजर नालायक छ तर तिमीलाई हेर्ने नजर होइन” मैले भनें |

-    “बदमास, तपाईं पनि सबै केटाहरु भन्दा फरक हुनुहुन्न” उसले भनि |

-    “किनभने म समलिंगी होइन र केटि पनि | म केटा नै हुँ र केटाहरुको जस्तै स्वभाव छ मेरो पनि” मैले हाँस्दै भनें |

उ मुसुक्क हांसी मात्र | केहि बोलिन | मलाइ त्यहि हाँसो मन परेको थियो | “मिठो हाँसो” मैले भनें |

-    “चाख्नु भयो र?” उसले प्रश्न गरि |

-    “छैन, दिनेभए अब चाख्नुपर्ला” मैले भनें |

-    “के?” उसले प्रश्न गरि |

-    “त्यो मिठो हाँसो हाँस्ने ओठहरु” मैले छिल्लिंदै भनें |

-    “छुचो” उसले प्याट्ट मेरो गालामा हिर्काई |

-    “हो, म छुचो नै छु” मैले फेरी उही कुरा दोहोर्याएँ |

-    “तपाईं छुचो हुनुहुन्छ र नै मलाइ मन पर्छ” उसले पनि लगभग रेडिमेड उत्तर दिई |

वेटर आइपुग्यो अर्डर लिन, “मे आइ ह्याव योर अर्डर, सर” भन्दै | “के लिने” उसले सोधी | “तिमि  नै मगाउ” मैले भनें | “किन? तपाइंले हेर्नु न” भन्दै मेनु मेरो अगाडी सारिदिई |

-    “आज तिम्रो दिन, म तिमीले जे मगायो त्यसैमा खुसि हुन्छ” मैले फेरी मेनु उसैको अगाडी धकेलिदिएँ |

-    “ओके बाबा” भन्दै उसले मेनु हेर्न थालि | मैले फेरी एउटा चुरोट सल्काएं र उसैलाई हेर्न थाले, घोरीएर | निकी राम्री थिई उ | सलक्क परेको जिउ, ठिक्कको तर निकै स्याहार गरेर राखिएको जस्तो लाग्ने कपाल अनि उसका मादक ठुला-ठुला आँखा | त्यसमाथि त्यो दिनको उसको पहिरन, कालो जिन्सको पेन्ट अनि लपक्क शरीरमा टाँसिएको गुलाबी टि-शर्ट अनि त्यो माथि कालै कलरको आगाडी टाँक नभएको आउटर | चुरोट पिउँदै उसलाई हेरिरहँदा कतिबेला त्यो वेटरले अर्डर लिएर गयो र उसले के अर्डर गरि त्यो नै मलाइ थाहा भएन | उसले आफ्नो दायाँ हात ले टेबलमाथि रहेको मेरो हात बिस्तारै समातेर “हेल्लो” भन्दै तानेपछि पो झस्किएँ |

-    “कता गायब? कसलाई सम्झी’राको? उसले भनि |

-    “होइन, तिमीलाई नै हेर्दै थिएँ, निकै राम्री छु तिमि” मैले के बोलें भन्ने नै थाहा नपाइकनै बोलेछु म |

-    “भो धेरै मक्ख नपार्नुस,” उसले भनि |

-    “होइन, तिमि साँच्ची राम्री छौ” मैले भनें |

-    “सबै केटाहरु त्यसै भन्छन” उसले घुमाउरो पाराले ब्यङ्ग गरि |

-    “म अरु सबै केटाहरु भन्दा फरक छु” मैले भनें |

-    “म बिश्वास गर्दिन” उसले भनि |

-    “किन?” मैले प्रश्न गरें |

-    “किनभने, अघि भर्खर तपाइंले म केटा हुँ र म पनि अरु केटाहरु जस्तै छु भनेर भन्नु भएको छ”  उसले मलाइ अप्ठ्यारोमा पारि |

-    “साँच्ची हो, बिश्वास गर, तिमि निकै राम्री छौ | अनि यो ड्रेस साँच्चिकै सुहाएको छ तिमीलाई” मैले भनें |

-    “मलाइ थाहा छ हजुरको नजर कहाँ छ?” उसले भनि |

-    “मतलब?” मैले प्रश्न गरें |

-    “मतलब, त्यहि, जस्तो अरुको नजर हुने गर्छ | मलाइ राम्रो संग थाहा छ तपाईं केटाहरु कुनै केटिले लगाएको कपडाको बयान गर्नुहुन्छ भने बास्तबमा त्यो कपडाको नभई त्यसले छोपिएको उसका अवयवहरुको हुन्छ | र तपाईंको नजर पनि त्यहीं नै त होला नि?” उसले निकै घत पर्ने गरेर भनि |

-    “तिमीले मलाइ गलत सोच्यौ” मैले भनें |

-    “तपाईं केटाहरुको सोच नै गलत हुन्छ” उसले अझै पेलिरहि मलाइ, शब्दहरुले |

-    “भो सकिन मैले तिमीसंग” मैले भनें |

-    “अरुहरु पनि त्यसै भन्छन” उसले भनि |

-    “मतलब?” मैले प्रश्न गरें |

-    “मैले धेरै केटाहरुको संगत गरेकि छु, त्यसैले मललाई थाहा छ तपाइंहरुको सोच” उसले भनि |

-    “माफ गर, तिमि गलत ठाउँमा अस्त्र प्रयोग गर्दैछौ” मैले भनें |

-    “होइन माफ त मलाइ गर्नुस, मैले तपाईंको मन दुखाएँ होला, तर म गलत छैन | मैले तपाईं केटाहरुको प्रबित्तिको कुरा गरेकी हुँ कुनै व्यक्ति अर्थात तपाईंको होइन | कृपया मलाइ गलत नबुझ्नुहोला” उसले माफी मागी |

-    “होइन, ठिक छ | तर सबै केटाहरु उस्तै हुँदैनन |” मैले भनें | त्यतिनै बेला वेटरले हाम्रो अर्डर पनि लिएर आइपुग्यो | उसले विभिन्न किसिमका खाजाका परिकार हरु अर्डर गरेकी रहिछे |  चुरोट त उ पनि म जस्तै नै थिई सायद, त्यसैले अर्डरको लिस्टमा त्यो पनि छुटेको थिएन अनि उसको मन पर्ने पेय पदार्थ ‘रेड वाइन’ त्यो दिनको स्पेसल थियो, किनभने त्यो उसको जन्मदिन थियो |

-    “मैले उस्तै हुन्छन भनेको पनि छैन, तर बहुमतको स्वभाव उस्तै हुन्छ” उसले अड्डी कसिरही |

मैले चुपचाप वाइनको बोतलबाट २ वटै गिलासमा वाइन हालें | अन्य खानेकुराहरु पनि मिलाएँ अनि एउटा गिलास उसको तिर राख्दै दायाँ हातले एउटा वाइनको गिलास उठाएर भनें “जन्मदिनको धेरै धेरै शुभकामना ! अनि अर्को कामना पनि यसैगरी तिमीलाई सधैंभरी मायाँ गरिरहन पाउँ, हाम्रो नयाँ सम्बन्धको लागि” भन्दै उसको गिलासमा ठोकें “चियर्स” उसले यतिमात्र भनि |

-    “तपाईं माया गर्नुहुन्छ मलाइ?” टेबलबाट एउटा चुरोट समातेर सल्काउँदै भनि |

-    “लाग्दैछ, हिजो आज गर्न थालेको छु” मैले भनें |

-    “सिधा भन्नुस, कुनै कुराहरु सिधा भन्दा स्पष्ट र रमाइला हुन्छन” उसले रिसाएको जस्तो गरि |

-    “मैले माया गर्छु भन्दैमा तिमीले पनि गर्नै पर्छ भन्ने मान्दिन म, तर मलाइ तिम्रो साथ रमाइलो लाग्छ | यो बिदेशमा कोहि मेरो छ जस्तो लाग्न थालेको छ तिमीसंग भेटेपछि” मैले भनें |

-    “तपाईं पछुताउनुहुनेछ यदि तपाईं मलाइ प्रेम गर्नुहुन्छ भनें” उसले चुरोटको लामो सर्को तान्दै भनें |

-    “म प्रेम गरेर पछुताउने बानि भएको मान्छे होइन” मैले भनें |

-    “मलाइ पनि रहर छैन मलाइ प्रेम गर्ने मान्छेलाई पछुतो मान्नुपर्ने बनाउन” उसले भनि | तर उसले भन्न खोजेको कुरा केहिपनि बुझिन मैले |

-    “मैले केहिपनि बुझिन” मैले भनें |

-    “ठिकै भो, सबै कुराहरु बुझ्ने पर्ने जरुरि हुदैनन” उसले भनि |

-    “मैले आजबाट तिमीलाई झनै धेरै माया गर्नेछु” मैले अप्रासंगिक कुरा निकालें |

-    “म कामना गर्छु, तपाईं मलाइ कहिले पनि माया नगर्नुस” उसले भनि |

-    “अचम्म” मैले भनें |

-    “म यस्तै अचम्मित रहिरहन मन पराउँछु |” उसले भनि |

-    “मैले तिमीलाई प्रपोज गरें भने?” मैले प्रश्न गरें |

-    “मेरो रेडिमेड उत्तर आउनेछ” उसले भनि |

-    “नाइँ, भनेर?” मैले सोधें |

-    “होइन, तर त्यो उत्तर तपाइंलाई मन पर्नेछैन” उसले भनि |

-    “किनभने तपाईं जस्ता केटाहरु प्रेममा त्याग खोज्नुहुन्छ, समर्पण खोज्नुहुन्छ” उसले अचम्मको जवाफ दिइरहेकी थिई | हामीले आधा भन्दा बढी वाइन खाइसकेका थियौं | अलिअलि लाग्दै थियो सायद |

-    “मैले साँच्ची तिमीलाई मायाँ गर्छु” एक्कासि मैले उसको दायाँ हात समाउँदै भनें |

-    “यु मस्ट बि किडीङ्ग” उसले भनि |

-    “होइन, आ’म सिरियस” मैले भनें|

-    “माफ गर्नुहोला, मैले तपाईंको प्रेमको मूल्य चुकाउन सक्नेछैन” उसले भनि |

-    “मैले पनि कहिले आफ्नो प्रेमको मूल्य खोज्नेछैन” मैले भनें |

-    “तर मैले तपाईंको शारीरिक आवश्यकता मात्रै पुरा गराउन सक्नेछु” उसले भनि |

-    “माफ गर्नुहोला, फेरी पनि भन्दैछु ‘म तपाईंको प्रेमको मूल्य तिर्न सक्नेछैन” उसले फेरी त्यहि कुरा दोहोर्याई | अनि फेरी थपी “साथ त मलाइ पनि मन पर्न थालेको छ हजुरको | र मलाइ डर छ हामि एक-अर्कालाई प्रेम गर्न नथालौ”

-    “किन? किन त्यस्तो डर? के पेम गर्नु पाप हो?” मैले भनें |

-    “होइन, तर प्रेम गर्छु भनेर झुक्काउनु पाप हो” उसले भनि |

-    “के तिमीलाई लाग्दैछ कि मैले तिमीलाई प्रेम गर्छु भनेर झुक्याइरहेको छु?” मैले भनें |

-    “होइन तर मैले प्रेम गर्छु भनें भने झुक्याइएको हुनेछ | किनभने मैले अहिलेसम्म कसैलाई प्रेम गर्ने जानिन | जानें त केवल प्यास मेटाइदिन, आवश्यकता पुरा गराइदिन केवल शारीरिक आवश्यकता” उसले भनि

-    “यो त बेश्याहरुले गर्ने जस्तो कुरा भो” मैले भनें |

मैले यति भन्नासाथ उ जुरुक्क उठी | गिलासमा भएको सबै वाइन एकै घुट्कोमा स्वाँट्ट पारि, हातको गिलास जोडले टेबलमा राख्दै “यस, आइ एम अ प्रोस्टिच्युट” भनि र सरासर बाहिर निस्की | निस्किंदै गर्दा उसले तिनै शब्दहरु दोहोर्याउंदै थिई ” यस, आइ एम अ प्रोस्टिच्युट”…

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>