मृत्यु बिक्रीमा छ (भाग-५)

Deathonsale

के बोलौं, के भनौं? कुनै शब्द नै भेटिरहेको थिइन मैले, मेरो शब्दकोश रित्तिएको थियो, मैले जानेका, सुनेका शब्दहरु कुनै पनि काम लागिरहेका थिएनन, आफ्नै ज्ञानको भारीले पनि धोका दिएको थियो | मेरा लागि जिन्दगी भन्ने कुरा केवल माया, प्रेम र रमाइलो मात्र पनि त थिएन त्यतिबेला, सबैभन्दा ठुलो कुरा त आफ्नै आफन्त माझ संकटमा परेको मेरो अस्तित्व थियो, साँझ-बिहानको छाक थियो र थियो बिरामी परेको बेला खाइने केवल दुइ गोलि औषधि | त्यसैले पनि मैले उसले भनेकै बखत उसलाई स्वीकार्न सम्भब थिएन | धेरै बाँकी थियो मैले गर्नु पर्ने कुराहरु, पुरा गराउनु थियो सपनाहरु, बाबुआमाले देखेका मेरा लागि, अझै धेरै संघर्ष मेरो अगाडी लमतन्न फैलिएको थियो र म प्रष्ट संग अनुभूत गर्न सक्थें मेरा अगाडी आइपर्न सक्ने समस्याहरु | आखिर मेरो जिबन भनेको अभावै अभाव र समस्याहरुको पोको न थियो | त्यतिबेला सम्म मैले बुझेको जीवन संकटमा परेको मेरो अस्तित्व थियो, मेरो आफ्नै अभाब थियो र मेरो आफ्नै पीडा थियो | सम्भवतः मैले जीवन भनेर जहिले देखि बुझ्न थालें त्यो मेरो अभाब थियो, त्यो मेरो समस्या थियो | अभाब, पीडा र नितान्त व्यक्तिगत समस्या, पर्याय थियो मैले बुझेको जीवनको | त्यसैले, जिन्दगीको मेरो परिभाषा नै फरक थियो सायद, आम मानिस हरुको भन्दा | “जिन्दगी”, अभावै अभाब र समस्यै समस्याहरुको एउटा पोको | हो, त्यस्तै थियो मेरो जिन्दगीको परिभाषा, नचाहेरै थुप्रिएका अभाब र पीडाहरु, अनगिन्ति समस्याहरु | बस, जिन्दगि त्यति नै थियो मेरो लागि |

-    “स्मारिका” लामो समयको मौनता र मानसिक अन्तर्द्वन्द पछी मैले बिस्तारै बोलाएको थिएँ

-    “हुँ” म तिर हेर्दै नहेरी बोलेकि थिइ उ |

-    “के तिमि साँच्ची म सँग बिहे गर्न चाहन्छौ?” मैले प्रश्न गरेको थिएँ

-    “तपाइंलाई के लाग्छ? म तपाई संग मजाक गर्दैछु?”  रिसाएको झैं गरि जबाफ दिएकी थिइ उसले

-    “तर मलाइ लाग्छ, तिमी अझै बच्चै छौ, जिन्दगीको यति ठुलो निर्णय गर्नसक्ने क्षमता अझै बिकसित भैसकेको छैन तिमीमा” उसको प्रतिक्रियाको कुनै वास्तै नगरी मैले फेरी थपेको थिएँ “तिमीले आजसम्म जे जति भोग्यौ, जसरि यहाँ सम्म आयौ, त्यतिमात्र होइन तिम्रो जिन्दगी, अझै धेरै सिक्नु छ तिमीले, भोग्न धेरै बाँकी छ | त्यसैले अहिले नै गरेको तिम्रो यो निर्णय भोलि आफैलाई पछुतो हुनसक्छ, फेरी एकपटक सोच राम्रोसँग ताकी भोलि आफ्नै निर्णयमा पछुताउनु नपरोस तिमीले “

-    “म माया गर्छु तपाइंलाई” उसले मेरो कुराको वास्तै नगरी बीचैमा बोलेकी थिइ

-    “माया? के लाग्छ तिमीलाई? मैले पनि गर्दिन होला र तिमीलाई माया?” मैले भनेको थिएँ

-    “शंका लाग्छ” उसले भनेकी थिइ

-    “शंका? किन? के मैले कुनै कसर बाँकी राखेको छु र? आफ्नो ठानेको छैन र?” मैले फेरी थपेको थिएँ “हो मैले देखाउन जानिन होला, ब्यक्त गर्ने तरिका गलत थियो होला, तर तिमीले मलाई जति माया गर्छौ नि त्यो भन्दा अलिकति नै सहि, धेरै माया गर्छु म तिमीलाई”

-    “एकपटक आफैंले सोच्नुस त, आजसम्म कुनै दिन भन्नु भयो म माया गर्छु तिमीलाई भनेर?” उसले प्रश्न गरेकी थिइ |

-    “मलाइ लाग्दैन, माया गर्नेहरुले म माया गर्छु भनेर स्वीकार गर्नु पर्छ भनेर, सबैभन्दा ठुलो कुरा आत्मस्वीकार हो र मैले तिमीलाई आफ्नो भनेर स्वीकार गरिसकेको छु भलै तिमीसामु नभनेको हुँ |” मैले आफ्नो कुरा एकैसासमा राखेको थिएँ

-    “तरपनि, तपाईं केटा हो, पहिले तपाइंले नै भन्न सक्नुपर्थ्यो, अफसोच, आज मैले स्वीकार गरेकी छु तपाईंको अघि, मैले तपाईं बाहेक अर्को मानिसलाई अब आफ्नो सोच्न छाडिसकेकी छु | यहाँ सम्म कि तपाईंको लागि म मेरो परिवार समेत त्याग्न तयार छु, तर तपाईं उल्टै मलाइ बच्चै छस भनेर उम्किने प्रयासमा लाग्दै हुनुहुन्छ?” घुमाउरो पाराले मेरो नामर्दिपन माथि ब्यङ्ग गरेकी थिइ उसले | तर उसलाई के थाहा मेरो बिबशता, मेरो बाध्यता?

-    “हेर, आज अनि अहिले नै मलाइ भगा भनेर भन्छौ भने म केहि गर्न सक्दिन, तिमि स्वतन्त्र छौ आफ्नो अनुकुल निर्णय गर्न र तिम्रो त्यो निर्णय मलाइ मान्य हुनेछ |” मैले सम्झाउने प्रयास गरेको थिएँ उसलाई | फेरी थपेथेँ मैले “हतार नगर, सोच फेरी एकपटक राम्रोसँग र उपयुक्त निर्णय गर |”

केहि बोलिन उ, मात्र चुपचाप सुनिरही मेरा कुराहरु, उसले बुझी वा बुझिन त्यो त म भन्न सक्दिन तर मैले जे भन्नु पर्थ्यो सबै भनें | उसले चुपचाप सुनीरही, बिना प्रतिक्रिया |

निकै लामो समयसम्मको सन्नाटापछी स्मारिकाले भनेकी थिइ “जाउँ अब ढिला हुन्छ |” म चुपचाप केहि नबोली हातमा बलिरहेको चुरोटको ठुटो जुत्ताले कुल्चिएर निभाइ उसको पछाडी लागेको थिएँ | बाटोमा आएर मैले मोटरसाइकल स्टार्ट गरें, उ बसी र भनि “मलाइ महाराजगन्ज छोडिदिनुस” | मैले बोल्ने कुरा नै के पो थियो र त्यहाँ, किन? के को लागि? केहिपनि नसोधी प्रहरी प्रशिक्षण केन्द्र भन्दा अलिकति अगाडी आएर रोकिएको थिएँ म |

-    “धन्यबाद” उसंग भेटेपछिकै पहिलोपटक हुनुपर्छ सायद, त्यति धेरै औपचारिक भएकी थिइ उ म सँग,

त्यो साँझ म ढिलो गरि कोठामा फर्केको थिएँ, करिब ११ बजेतिर | मूलगेटबाट भित्र छिर्नासाथ स्मारिकाको झ्यालबाट चिहाउनै लागेको थिएँ झट्ट सम्झें “उनीहरु त गइसके” मन अमिलिएर आयो, भक्कानो छुट्यो मुटुमा | सम्हालिएँ बिस्तारै र माथि आफ्नो कोठामा पुगें | त्यो घर बसाइकै सबैभन्दा नमिठो पल थियो त्यो सायद, बानि लागेको रहेछ मलाइ फर्किंदै गर्दा उसको झ्याल चिहाउने | साथीहरु सुतिसकेका रहेछन, बाथरुम गएँ फ्रेश भएर आइ एक कप चिया बसालें, एउटा चुरोट सल्काएँ र बाहिर बरन्डामा निस्कें | उसको याद हावाको झोंका बनेर आयो, ठोक्कियो म संगै र फर्कियो, नमिठो सम्झना छाडेर | त्यतिन्जेल उसको न मेसेज आएको थियो न त फोन नै, एउटै छत बाँडेर बसेको बेला, उ तलको कोठा र म माथि भएको बेला पनि राति नसुत्दासम्म हरेक आधा घण्टा मा मेसेज आउँथ्यो उसको | बिहान कलेज जाँदा होस् वा साथीहरुसंग कतै घुम्न जांदा, पुग्नेबित्तिकै खबर गर्थी “म पुगें” भनेर | तर आज अहिलेसम्म एउटा पनि मेसेज आएन न त फोन नै | हुनत, मैले नै गरेको भए पनि त हुन्थ्यो नि “कस्तो रहेछ त नयाँ कोठा” भनेर? सायद, छुटिनुपर्दाको पीडा मलाइ जस्तै उसलाई पनि त असह्य भएको हुँदो हो ! वा अझै कोठा मिलाउँदै पो छे कि? यस्तै सोच्दै जुन को उज्यालोमा बसेर आकाशतिर उड्दै गरेको चुरोटको धुवाँ हेर्दै थिएँ आकाशमा खस्दै गरेको तारा देखें | आँखा  बन्द गरें र कामना गरें “भगवान, स्मारिकाका सबै इच्छाहरु पुरा गरिदेउ र उसलाई यस्तो बरदान देउ, कि उसले मेरो जस्तो जिन्दगी कहिल्यै बाँच्नु नपरोस |”

आधाउधी चुरोट पिउदैगर्दा मोबाइल बज्यो कोठामा | हतारिंदै गएर हेरें, आशा थियो स्मारिकाको हुनुपर्छ भनेर, मेसेज आएको रहेछ | लेखेकी थिइ “स्टुपिड, कम्तिमा १ पटक फोन त गर्नुपर्छ नि, खाना खाको हो?”

-    “हाँडी, तिमि रिसाएर गएको मान्छे, थाहा छँदै थियो क्यारे मलाइ फकाउन आउदैन भनेर” मैले रिप्लाई गरें

-    “म रिसाएको छैन डियर, थाकेको छु समान सार्दा, मान्छे, आउला भनेर कुर्दा कुर्दा गायब? भर्खर सामान मिलाएर सकियो” उसले भनेकि थिइ |

-    “म सुतें अब, लभ यु स्टुपिड, मिसिंग यु” उसको एसएमएस को कुनै रिप्लाई गर्नुभन्दा अगाडी नै उसले लेखेकी थिइ

-    “एण्ड द्याट्स द रियल प्रब्लम, आइ लभ यु टू, हाँडी” मैले रिप्लाई गरेको थिएँ |

-   “:) उसले स्माइली टाइप गरेर पठाएकी थिइ संगै लेखिएको थियो “गुड नाइट”

भोलिपल्ट, बिहानै दुध लिन जाने बेला एक्लै हुँदा सायद पहिलोपटक त्यति धेरै मिस गरेको थिएँ मैले स्मारिकालाई | फोन गरें म एक्लै छु भनेर “खुन्चिंग परो” उसले जिस्काएकि थिइ र अन्त्यमा भनेकी थिइ “आजबाट म जाँदिन दुध लिन, दिदि गएकी छ, मलाइ एक्लै दुध लिन गएर तपाइंलाई अझै धेरै मिस गर्ने रहर छैन”

समय हो, नचाहेरै बढिरहन्छ आफ्नै गतिमा, एकोहोरो अगाडी, न मेरो लागि, न स्मारिकाको लागि, न अरु कसैको लागि रोकिन्छ यो | समयक्रमसंगै हाम्रो सम्बन्ध पनि झाँगिदै थियो, दिनहुँ विभिन्न बहानामा भेट हुने, फुर्सद मिलेसम्म घुम्न जाने क्रम पनि निरन्तर चलिरह्यो |

एकदिन काम बिशेषले म पोखरा जानुपर्ने भयो, कोठामा साथीहरु कोहि थिएनन, काठमाडौँ ट्याक्सी ब्यबसायीको उपत्यका बन्द थियो तर सार्बजनिक सवारीमात्र | निजि सवारीसाधन र मोटरसाइकलहरु निर्बाध चलिरहेका थिए | मैले स्मारिकालाई फोन गरें र मलाइ कलंकी छोडिदेउ भने | उ आइ, जानेबेला आफ्नै हातले बनाएको एक कप कफी खुवाएर पठाउँछु भनि, मलाइ पनि के भो र, बनाउ न त भनें र उ कफी बनाउन लागि | म एउटा चुरोट सल्काएं र बरन्डामा निस्कें, स्मारिकाले कफी लिएर आइ, दायाँ हातको कफिको कप म तिर बढाउँदै भनि;

-    “तपाइंले यो चुरोट छोड्नुस भनेर कहिले मान्नु भएन है? पख्नुस बिहे गरेर एक महिना संगै बस्न त दिनुस, तपाइंलाई चुरोट नै बिर्सिने बनाउँछु”

-    “अनि के मैले गाँजा खान थाल्नु पर्ने हो चुरोट छोडेर?” मैले भनें

-    “मैले त्यसो भनें?” उसले प्रश्न गरि

-    “अनि कसरि बनाउँछौ त चुरोट नै बिर्सिने?”

-    “मायाले, तपाइंलाई यति धेरै माया दिन्छु कि तपाइंले चुरोट खानै बिर्सिनुहुनेछ” कति मायालु लागेका थिए उसले भनेका ति शब्दहरु

-    “भनेपछि मैले तिमि संग बिहे नगर्ने भएँ” म जिस्किएको थिएँ

-    “लौ, किन?” अचम्म मान्दै सोधेकी थिइ उसले

-    “तिम्रो मायाले मैले खाना नै खान बिर्सिन थालें भने नि? मलाइ छिट्टै मर्नु छैन तिमीसंग बिहे गरेर” हातमा रहेको चुरोटको ठुटो नजिकैको एस्ट्रेमा निभाउँदै मैले भनेथें |

-    “बुद्धु, खाना खुवाउने त म छँदै छु नि, तपाइंले बिर्सेर के भो र?” फेरी एकपटक मायालु शब्दले ब्ल्याकमेल गरेकी थिई उसले मलाइ र बाध्य पारेकी थिइ भन्न कि “हुन्छ बाबा, म तिमीसंगै बिहे गर्नेछु, तर एउटा सर्तमा मात्र” मैले जिस्किने अर्को बहाना निकालेको थिएँ

-    “सर्त? के?” अचम्मित हुँदै उसले सोधेकी थिइ |

-    “मलाइ पहिलो वर्ष नै घोर्ले छोरो दिनुपर्छ है त?” अलिक छिल्लिएको थिएँ म

-    “स्टुपिड” भन्दै आफ्ना दुवै हातले मलाइ अंगाल्दै मेरो छातीमा आफ्नु अनुहार लुकाएकी थिइ उसले, सायद लजाएकी थिइ, अलिकति | अनि मैले बिस्तारै उसको अनुहार म तिर फर्काएर दुवै हातले उसको टाउकोलाई आड दिएर समाई चुम्बन गरेको थिएँ उसको निधारमा, पहिलोपटक |

त्यसपछी दुबैजना कोठाबाट निस्केर लागेका थियौं कलंकीतिर, स्कुटर उसैले चलाएकी थिइ, म उसको पछाडी बसेको थिएँ | अनामनगर बाट निस्किएर न्यु प्लाजा हुँदै भद्रकालीको बाटो त्रिपुरेश्वर चोक आइपुगेपछि स्कुटर रोकिएको थियो अनायास |

-    “के भो” मैले सोधें

-    “एकछिन है,” उसले भनि र फेरी भनि “झर्नुस न”

-    “किन? के भो र?” मैले स्कुटरबाट नझरिकनै प्रश्न गरेको थिएँ,

-    “पहिले झर्नुस त सहि” उसले ढिपी कसी

-    “ल भन” स्कुटरबाट झरेर उसको अगाडी गइ भनेको थिएँ मैले

-    “ल अब २० पटक उठबस गर्नुस” अनायास बिच बाटोमा रोकेर उठबस गर भन्नुको अर्थ बुझिन मैले र सोधें

-    “किन? मैले के गल्ति गरें र?” मैले केहि नबुझेर सोधेको थिएँ, उ भने मुसुमुसु मुस्काउँदै भन्दै थिइ “पहिला उठबस त गर्नुस बाबा”

-    “गर्दिन, गल्ति के भो त्यो त थाहा पाउनु पर्यो नि मिस पहिला?” मैले इन्कार गरेको थिएँ उठबस गर्न

-    “ए गल्ति? अर्काको छोरीलाई एक्लै पारेर त्यो पनि आफ्नो कोठामा लगेर किस गर्ने? अनि गल्ति के गरें रे? ल खुरुक्क उठबस गर्नुस २० पटक” त्रिपुरेश्वर चोकमा संगै गएको स्कुटरबाट झरेर २० पटक उठबस गर भनेर भन्दा मेरो अनुहार हेर्न लायक देखिएको थियो सायद, मेरो अनुहार हेरेर खित्का छाडेर हाँसेकी थिइ स्मारिका त्यो बेला | “पख न मेरो पालो पनि आउँछ नि, कुनैदिन?” मैले मनमनै भनेथें

-    “खोइ त? छिटो गर्नुस न, गाडी नपाइएला फेरी?” म चुपचाप उभिएको देखेर उसले भनेकी थिइ

-    “मैले गरिन भनें?” मैले नगर्ने अड्डी कसें

-    “सिम्प्ली, हिंडेर जानुस, अब यहाँ बाट कलंकीसम्म” उसले धम्कि दिएकी थिइ, उठबस नगरे कलंकी नलगीदिने भनेर

-    “हाँडी, मेरो पालो पनि आउला नि कुनै दिन?” भन्दै मैले कान समात्न मात्र के थालेको थिएँ

-    “भो पर्दैन, म जिस्केको मात्र तर अब देखि त्यसरी एक्लै पारेर मनलागी गर्न पाइन्दैन नि?’ उसले चोर औंला ठड्याएर चेतावनी दिएकी थिइ

-    “हस माता, म अब सोधेर मात्र छुन्छु हजुरलाई,” मैले भनेको थिएँ

-    “ल त्यसो भए नमस्ते गर्नुस, अब नसोधी छुदैछुन्न भनेर” उस्ले फेरी अर्को अड्को थापी

-    “ल अब नसोधी छुने त के कुरा बोल्दा पनि बोल्दिन” उसको अगाडी दुवै हात जोडेर भनेको थिएँ र स्कुटरमा बसेको थिएँ चुपचाप

बाटोभरी उ जिस्किरहि नानाथरी कुरा गर्दै, म भने सबै कुरा सुनेर पनि केहि नसुनेजस्तो गरेर मौन बसें कलंकी नपुगुन्जेल,

-    “म बोलौं?” कलंकी पुगेर स्कुटर बाट झरेपछि म जिस्किएको थिएँ

-    “हस, महाराज अब बोल्नुस, इच्छा लागेको गर्नुस अब, नसोधीकानै जे गरेपनि हुन्छ, छुट भो हजुरलाई” दिक्क माने झैं गरेर भनेकी थिइ उसले,

-    “जाउँ हिंड खाजा खान, भोक लाग्यो” मैले भनेको थिएँ

नजिकैको रेस्टुरेन्टमा पसेका थियौं दुवै जना खाजा खान भनेर, टेबलमा गएर बस्नासाथ मैले एउटा चुरोट सल्काएं | उसले मोमो अर्डर गरि दुबैजनाको लागि | एउटा फेन्टा र एउटा स्प्राइट पनि उसको अर्डर लिस्ट मा परेका थिए | फेन्टा उसको लागि र मेरो लागि स्प्राइट |

-    “तपाइंलाई रिस उठेको छ हो म संग?” उसले सोधेकी थिइ

-    “छैन, मैले नसोधी तिमीलाई चुम्बन गर्नु मेरो गल्ति थियो र त्यसैको सजायँ पाएँ | अनि किन रिस उठ्नु पर्यो मलाइ?” मैले रिसाएरै जवाफ दिएँ

-    “ल, अब बराबर भो” मैले अन्तै हेर्दै गर्दा मेरो गालामा हठात चुम्बन गरेर हिसाब किताब मिलाएकी थिइ उसले र फेरी भनेकी थिइ “अब खुस?”

-    “फटाही” मैले त्यतिमात्र भनेको थिएँ

केहि समयपछि हाम्रो अर्डर आयो, मोमो खाएर संगै बाहिर निस्क्यौं, उ मलाइ बस सम्म पुर्याउन आइ र भनि “मैले धेरै मिस गर्नेछु तपाइंलाई, छिट्टै फर्कनु है?”

-    “पीर नगर, म के महिनौं बस्ने गरेर जान लागेको हो र? फर्किहाल्छु नि, तिमीले पनि आफ्नो ख्याल राख्नु, फोन गर्दै गर्नु | म फर्केर आएपछी घुम्न जानुपर्छ” सायद मैले फकाएको थिएँ उसलाई फर्केर आएपछी घुम्न जाउँला भनेर |

-    “ह्याब अ नाइस जर्नी, लभ यु” म बसको सिटमा बसिसकेपछि उसले गहभरी आँशु पारेर भनेकी थिइ र बिदाइको हात हल्लाउँदै थिई, बस ओझेल नपरुन्जेल |

थानकोट नआइपुग्दै मोबाइलमा मेसेज आएको थियो उसको, लेखेकी थिई “सरि डियर, फर माइ स्टुपिडीटि, लभ यु अ लट, मिसिंग यु” मैलेपनि त उसकै बारेमा सोच्दै थिएँ, त्यसैले तुरुन्त उसको मेसेजको रिप्लाई गरिहालें “इट्स ओके, एण्ड यु नो व्हाट? आइ लभ्ड योर स्टाइल अफ पनिशमेन्ट, लभ यु टू, टेक केयर” | पुरै बाटोभरी स्मारिका संगै मेसेज गर्दै गर्दा समय बितेको पत्तै भएनछ, साँझ सात बजे नै पोखरा झारिदिएको थियो बसले | पृथ्वीचोक आइपुगेर पहिलो मेसेज गरेको थिएँ उसलाई म आइपुगें भनेर |

एक हप्ताको पोखरा बसाइ थियो मेरो, हरेक दिन स्मारिका संग कुरा हुन्थ्यो | जिस्कन्थे घरीघरी त घरि मिस गर्दैछु भनेर मक्ख पार्दिन्थें, यथार्थमा पनि मिस गरिरहेको थिएँ उसलाई निकै धेरै |

पोखरा आएको पाँचौं दिन बिहान, बिहानै मोबाइलमा मेसेजको आवाजले ब्युँझिएँ | अरु कस्को हुन सक्थ्यो र त्यति बिहानै मेसेज? स्मारिकाको नै थियो | लेखेकी थिइ “बुडो, छिट्टै फर्किनुस काठमाडौँ, तपाईं बिनाको काठमाडौँ निकै शुन्य लागिरहेको छ मलाई” र यहाँनेर भन्नै पर्ने कुरा हाम्रो सम्बन्ध अब केवल प्रेमी-प्रेमिका मात्र नभएर श्रीमान-श्रीमतीमा परिणत भैसकेको थियो, कम्तिमा मेसेजमै भएपनि | बितेका चार दिन सायद अलि बढी नै मेसेज गरिएको थियो र त्यसैको परिणाम थियो त्यो शब्द “बुडो” | “हस, अब आज र भोलि को दिन त हो नि, पर्सि त म काठमाडौँ” मैले रिप्लाई गरेको थिएँ | बाँकी दुइ दिन हरु पनि त्यसरी नै बिते, हरेक साँझ मेसेज र फोन हुन्थ्यो, कुरा हुन्थ्यो दिनभरिको | के के गरियो, कहाँ गइयो र के खाइयो? हरेक दिन उसका उस्तै खाले प्रश्न हुन्थे र म इमान्दार बालकले जसरि सम्झेसम्मका सबै कुरा नछुटाई बेलिबिस्तार लगाउँथे |

म काठमाडौँ फर्किने दिन, बिहानै स्मारिकाले मेसेज गरि “कतिबेला आउनुहुन्छ? लिन आउनु पर्ने हो कलंकी?” “सायद, नपर्ला” मैले रिप्लाई गरेको थिएँ संगै लेखेको थिएँ “म फोन गरुंला नि बस चढेपछि” | बिहान सात बजे म बस चढेको थिएँ, सरासर गएको भए ढिलोमा २ बजे म काठमाडौँ पुगिसक्नुपर्ने थियो तर त्यहि त हो साँघुरो सडक, सडकले धान्न सक्ने भन्दा धेरै सवारीको चाप अनि त्यहिमाथि सडक दुर्घटना, जाम नहुने त कुरै भएन? मुग्लिन पुग्नै चार बज्यो, फोन गरें स्मारिकालाई | भन्दै थिइ म आउँछु लिन “अनि आज मेरो मा नै बसौंला, दिदि छैन” मलाइ अचम्म लाग्यो, के भनुँ के? जाउँ उसकोमा वा नजाउँ? भोलि समाजले के भन्नेछ उसलाई? त्यहि सोचेर रिप्लाई गरें “नाइँ, पर्दैन म शंकर (मेरो रुममेट) लाइ बोलाउँछु” | उसले फेरी मेसेज गरि “प्लिज, आइ वान्ट यु टु बि हेयर विथ मि टुनाइट, आइ एम स्केयर्ड अफ बीइंग अलोन, प्लिज कम टु मी, आइ वान्ट टु बी इन योर वार्म हग” मैले मात्र “हस, म फोनं गर्छु” लेखें र रिप्लाई गरें |

साँझ करिब ८:३० मा थानकोट पुगें र स्मारिकालाई फोन गरें | भन्दै थिइ “छिटो आउनुस खाना बनाएर बसेकी छु म |” म कलंकी आइपुगेर फोन गर्छु तिमि नयाँ बसपार्कमा आइराख्नु अनि संगै जाउँला भनें र फोन राखें | शंकरलाई फोन गरें र भनें “म आज आउँदिन कोठामा, यतै सामाखुसितिर बस्छु साथीकोमा र भोलि मात्र आउँछु, मलाइ खाना नराख्नु” |

कलंकी काट्नेबित्तिकै स्मारिका लाइ फोन गरें र बोलाएँ बसपार्कमा | बसपार्कमा पुगेर बसबाट झर्ने बित्तिकै स्मारिका दौडदै आइ, झ्याम्म अंगालो हाली र भनि “यु वेर मिस्ड अ लट, बाइ द वे, हाउ वाज योर जर्नी?”

-    “पेनफुल वन एण्ड आइ मिस्ड यु टू” भन्दै उसको निधारमा चुम्बन गरें, दोस्रोपटक |

-    “एकछिन एकछिन, रोक त” बसुन्धरा चौकी नजिकै पुगेपछि मैले स्मारिकालाई स्कुटर रोक्न आग्रह गरें

-    “किन” स्कुटर साइड लगाउँदै उसले सोधी

-    “नमस्ते, म्यामलाई आज पनि नसोधी किस गरें नि त, त्यसैले” स्कुटर रोकिने बित्तिकै झरेर उसको अगाडी गएर नमस्ते गरें र भनें,

-    “स्टुपिड, बस्नुस, ढिला भैसक्यो” उसले हाँस्दै भनि |

त्यो रात उसैकोमा बिताएँ, घन्टौं दुखसुखका कुरा गर्यौं, भविष्यको कल्पना गर्यौं र रमायौं राति अबेरसम्म | त्यो रात एउटा श्रीमानले आफ्नो श्रीमतीबाट जति अधिकार पाउँथ्यो, त्यहाँसम्मको अधिकार दिएकी थिइ उसले मलाइ |

समयसंगै सबै कुरा राम्रै चल्दै थियो, हामि सम्भब भएसम्म हरेक दिन भेट्थ्यौं, सम्भब नभए दुइ दिन मा एकपटक त जसरि भए पनि भेटिन्थ्यो मिलाएर | हामीबीच अब केहि पनि बाँकी रहेन, मात्र बैधानिकता बाँकी थियो श्रीमान श्रीमतीको, सामाजिक रुपमा |

केहि समय पछिनै मेरो अफिस दिउसोमा हुन थाल्यो, अब भने स्मारिकासंगको भेट अलि पातलिन थाल्यो, बिहान उ कलेज जान्थी, दिउसो म अफिस | हप्ता मा एकदिन बिदा हुन्थ्यो शनिबार, त्यहि पनि नुहाई-धुवाई, सरसफाई अनि साथीभाई संगको जमघट, उसको पनि त्यस्तै हुन्थ्यो सायद, भेटघाट अलि पातलिन थाल्यो | सुरुसुरुका दिनहरुमा हप्तै पिच्छे भेट हुन्थ्यो भने अलि पछी आएर पन्ध्र दिन हुँदै एक महिना सम्म पनि पुग्न थालेको थियो हाम्रो भेट्ने समय | फोन र मेसेजमा कुरा भैरहन्थ्यो |

एक साँझ म अफिसको मिटिंगमा थिएँ, स्मारिकाको फोन आयो, फोन रिसिभ गरेर कुरा गर्न मिल्ने अवस्था थिएन, त्यसैले मैले फोन काटें | तुरुन्तै मेसेज आयो “इट्स एन अर्जेन्ट, प्लिज कल मी ब्याक” मेसेजमा लेखिएको थियो | तुरुन्तै फोन गर्न मिलेन, करिब आधा घण्टा जति पछी मिटिंग सकेर निस्कनासाथ स्मारिकालाई फोन गरे तर अफसोच, उसको फोन अफ थियो | हरेक पांच मिनटमा फोन ट्राइ गर्दै रहें, बिचबिचमा मेसेज पनि गरिरहेको थिएँ तर न उसको फोन अन भयो न त रिप्लाई नै आयो उताबाट |

राति करिब ११ बजेतिर म कान्तिपुर एफ.एम सुनेर बसिरहेको थिएँ | एउटा मेसेज आयो, स्मारिकाको | लेखिएको थियो “प्लिज फर्गिभ मी एण्ड फर्गेट, आइ वन्ट बी एबल टु बी विथ यु फरेभर” | मेसेज पढीसक्दा नसक्दै रिंगटा लागेर आयो, टाउको ग्रहौं भयो, थुचुक्क भुइंमा बसें र नजिकैको टावेल तानेर पसिना पुछें | एफ.एम मा नेपालि आधुनिक गीत बजिरहेथ्यो “सबैले भन्छन मान्छेको मन, बदलिन कतीबेर, दोबाटो भेटे बिर्सेर माया, मोडिन कतिबेर…”

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>