मृत्यु बिक्रीमा छ (भाग-३)

Deathonsale

भोलिपल्ट,

बिहान करिब आठ बजेतिर निद्रा खुल्यो | उठेर मोबाइल हेरें, कहींकतै आश थियो उसको मेसेज पो आएको छ कि भन्ने | तर आएको रहेनछ | सोचें मलाइ बानि नै परिसकेछ कि के हो १-२ दिन मा नै? अनौठो लाग्यो उसको कुरा गर्ने तरिका र आफ्नो परिचय गोप्य राखेर पनि खुला मनले प्रस्तुत हुन सक्ने आत्मविश्वास देखेर | कता कता उसको त्यो बानि आफैंलाई मन पर्दै गएको आभाष पनि भयो | आफ्नै मन संग प्रश्न गरें- “के तँ साँच्ची मन पराउछस त त्यो केटीलाई?” थाहै नपाइ मन जितिसकेकी रहिछे त्यसले, आफ्नै मनले पनि “अँ, हो” भनेको जस्तो लाग्यो | पक्का भैसकेको थिएँ कि मलाइ कोहि केटा साथीहरुले केटि बनेर जिस्काई रहेका अथवा जिस्किइरहेका थिएनन भनेर त्यसैले अब साँच्चिकै उसले सोचेको जस्तो माया दिन सकुँला त उसलाई? भनेर पो सोच्न थालिसकेछु | मन न हो? बेलगाम छ, सोचिदिन्छ, हुने नहुने कुराहरु |

-    “गुड मर्निंग ! उठेको छैनौ? अल्छी !!!” मैले पहिलो मेसेज गरें त्यो दिन

-    “नाइँ, छैन नि उठेको, सपना देखिराको छु कस्तो रमाइलो” उताबाट रिप्लाई आयो

एकछिन मज्जाले हाँसें त्यो मेसेज पढेर | उसको त्यो जिस्किने बानि झनै मन परेर आयो |

-    “कहाँ छौ?” मैले सोधें मेसेजमा नै,

-    “घरमा नि, आफ्नै बेडमा” उसले भनि

-    “एक्लै?” म जिस्किएँ

-    “हो त, अरु को संग हुनु त अफ्नो बेडमा?” उसले कुरा नबुझेको जस्तो गरि

-    “कति बर्ष भयौ?” मैले सोधें | र फेरी लेखें “केटाकेटी नै छौ होला?”

-    “तपाइंलाई कति बर्षको हुनु पर्ने? कति वर्ष भएँ भनें भने खुसि हुनुहुन्छ तपाईं?” निकै

अप्ठ्यारोमा पारेर प्रश्न गरि | के भन्दा ठिक हुने हो के? वा रिसाउने पो हो कि? डर लाग्यो रिप्लाई गर्न तैपनि जिस्किएको झैँ नै गरेर अर्को पनि रिप्लाई गरें

-    “कम्तिमा पनि २० बर्ष”

-    “किन?” उसले प्रश्न गरि

-    “अब किन भन्नु नि? हाम्रो देशमा बिस वर्ष भन्दा कम उमेरको केटीसंग बिबाह गर्यो भने कानुन लाग्छ” मैले भनें

-    “अरे वाह ! बिबाह? हिजोसम्म को? के? नभनेसम्म बोल्दिन भन्ने मान्छे आज बिबाह?” उसले भनि

-    “किन? तिमीलाई म संग बिहे गर्ने मन छैन र?’ मैले प्रश्न गरें

-    “गर्नुहुन्छ र?” प्रश्नमाथि उसले प्रतिप्रश्न गरि

-    “गर्छु, तर तिमीलाई चिनेपछि मात्र” मैले भनें

-    “बुद्धु, मैले मलाइ चिन्दै नचिनी बिबाह गर्नुस भनेको छु त”

-    “के थाहा? बिबाह गरिनस भने म मर्दिन्छु पो भन्ने हो कि भनेर नि? धम्क्याउने बानि जो रहेछ” मैले भनें

-    “छुचो केटो” उसले झसंगै बनाइ मलाइ फेरी एकपटक | मैले ट्विटर ह्यान्डल को रुपमा प्रयोग

गर्ने नाम समेत थाहा रहेछ उसलाई |

उठेर बाथरुम गएँ | नुहा-धुवाई गरेर फ्रेश भएर आइ पानि बसालें कालो कफी बनाउन | त्यतिन्जेल दुइवटा मेसेज आइसकेका रहेछन |

-    “रिस उठ्यो? छुचो भनेर?” र अनि अर्को “रिप्लाई नगर्ने हो? कि निदाएको फेरी?”

झ्यालमा बसेर मेसेज पढ्दै चुरोटको धुवाँ उडाउदै थिएँ फेरी घन्टी बज्यो मेसेजको | हेरें, लेखिएको थियो “चिया खाको हो?” “बन्दै छ” रिप्लाई गरें | “को को हो?” डेलिभरी नोटिफिकेसन र मेसेज संगै आयो तुरुन्तै |

-    “म, चुरोट अनि मोबाइल र तिमि” मैले रिप्लाई गरें

-    “म पनि? अचम्मै भएछ त?” लभ पर्ला है? होस् गर्नुस !” उसले भनि

-    “को संग?” मैले प्रश्न गरें

-    “अरु को संग हुनु नि? म संग” उसले भनि

-    “परिसक्यो |” मैले भने

-    “साँच्ची?”

-    “कुनै शंका?” मैले भने

-    “नाचिनिकनै?” उसले प्रश्न माथि प्रश्न मात्रै गर्दै रही

-    “तिमीले चिने पुग्यो ! साँच्ची के गर्छौ रे तिमि?” मैले केहि कुरा जान्न चाहें उसको बारेमा

-    “पढ्दैछु, बि.बि.ए” उसले भनि

-    “कहाँ?”

-    “काठमान्डुमा, एपेक्स कलेज” उसले भनि

-    “अनि अहिले?” मैले सोधें

-    “कति भन्नु? घरमा छु हिजो आज, भर्खर कलेज बिदा भएर घरमा आएको”

-    “अनि? घर चाहिं कहाँ त?” मैले सोधें

-    “भन्दिन” उसको ठाडो जवाफ थियो

-    “ल भो नभने चाहिएन मलाइ पनि, अब एकैचोटी जन्ती लिएर आउँछु घर चिन्न” मैले भनें

-    “लौ, भयो अब? सुरुमै जन्ती लिएर आउने?” उसले भनि

-    “हो त, तिम्रो नाम?? सागरिका…, अनि थर के रे?”

-    “बाहुनी हुँ, ढुक्क हुनुस” उसले भनि

-    “थर त होला नि?” मैले ढिपी कसें

-    “पौडेल”

-    “मलाइ भेट्दैनौ त?” मैले अनायास सोधें,

-    “कहिले?”

-    “आजै” मैले भनें

-    “नाइँ, डर लाग्छ” उसले भनि

-    “को संग? अनि किन?” मैले सोधें

-    “हजुरसँग, मैले आफ्नो नाम लुकाएको छु नि त त्यसैले”

-    “भन न त अहिले नै नाम अनि भेटौला नि त | त्यसपछी त के को डर?” मैले भने

-    “साँच्ची भनुम? रिसाउनु त हुन्न नि म सँग, मलाइ राम्रो संग चिनेपछि?” उसले शंका ब्यक्त गरि

-    “रिसाउदिन, ल भन”

-    “प्रमिस मी !!!” उसले भनि “अनि मलाइ भोलि भेट्नु पर्छ है त”

-    “ल प्रमिस भो, रिसाउदिन तिम्रो कसम | हुन्छ, म भेट्ने भएँ भोलि नै” मैले भनें |

लामो समयसम्म उसले रिप्लाई गरिन | मैले पनि खोइ रिप्लाई भनेर सोधिन एकछिन कुरौं न त भन्ने मनसायले | एउटा चुरोट सल्काएं र छतमा उक्लिएँ | सार्बजनिक बिदाको दिन भएर होला तल बाटो सुनसान थ्यो | अरुदिन हुँदो हो त बिहान क्याम्पस पढ्ने केटा केटीहरुको हुल ले भरिएको हुन्थ्यो बाटो चारैतिर अनि सँगसंगै चर्को चर्को आवाज पनि कानै थुन्नु पर्ने गरि | खल्तीमा मोबाइल बज्यो निकालेर हेरें | मेसेज थ्यो सागरिका को, झन्डै इ-मेल जतिकै लामो मेसेजमा अंग्रेजीमा लेखिएको थियो

-    “रियल्ली सरि फर नट डिस्क्लोजिंग माइ रियल नेम येट, एण्ड नाउ… आइ एम गोइंग टु टेल यु द ट्रुथ बिहेन्ड द स्टोरी, बट रिमेम्बर, यु प्रोमिस्ड मि टु मीट टुमरो, वी विल टक दिस इभिनिंग अबाउट व्हेर टु मीट एण्ड व्हेन? प्लिज मीट मि एण्ड डु नट लेट मि डाउन, “स्टिल, आइ लभ यु” आइ एम स्मारिका, स्मारिका पौडेल फ्रम स्याङ्गजा |”

- “स्मारिका???” मेसेज पढीसक्दा नसक्दै मेरो टाउको घुमाएर आयो, मन गह्रुंगो हुँदै गयो, आफु वरिपरिको जमिन, भू-भाग सबै घुमिरहे जस्तो लाग्न थाल्यो | घरको छतमा भएको फलामे डन्डीमा दह्रोसंग समातें, थचक्क भुइंमा बसें र एउटा चुरोट सल्काएर लामो सर्को तानें……………

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>