Archive

…अनि म बेश्या बनें (भाग-४)

त्यो बिहान जब त्यो जँड्याहा ले “शहरमा तिम्रो भगवान मरेको छ” भन्यो मन त्यसै त्यसै आतिएर आएको थियो | केहि कुरा नबुझ्दा नबुझ्दै पनि डर बढिरहेको थियो भित्रैदेखि | उसले त्यति भनेर अगाडी बढ्ना साथ म फरक्क फर्किएँ र जताबाट आएको थिएँ त्यतैको बाटो लागें, कम्तिमा ढुक्क थिएँ म कि अब हराउँदिन | फर्किएर मैतीदेवी […]

…अनि म बेश्या बनें (भाग-३)

निकै बेर घुमघाम र रमाइलो पछी साँझ अबेर गरेर आइपुगेको थिएँ म त्यो दिन अपार्टमेन्टमा, साथीहरु सबै सुतिसकेका थिए | त्यो दिन पहिलोपटक उसको फोन नम्बर पाएको थिएँ मैले, रुममा छिर्नासाथ “म आइपुगें” भनेर मेसेज गरें मैले, कोहिनूरलाई | “धन्न पुग्नुभएछ” उसले रिप्लाई गरि, जिस्किँदै जिस्किँदै मेसेज गर्दै रह्यौं निकैबेरसम्म | उ संग मेसेज गर्दै […]

…अनि म बेश्या बनें (भाग-२)

अनायास उ उठेर गएपछिका धेरै दिनहरु लगातार गइरहें म त्यो क्याफेमा | हुनत उ आउनु अनि जानु दुवै आकस्मिक नै हुन्थे तैपनि हरेक साँझ म उसलाई कुरिरहन्थें | कहीं कतै आश लागिरहन्थ्यो हरेक पटक कि आज उ आउँछे, अवस्य | हरेक साँझ ढिलो सम्म त्यहि क्याफेमा बसेर चुरोट पिउँदै कफी र किताबमा हराउन झनै अभ्यस्त […]

…अनि म बेश्या बनें (भाग-१)

नेपालबाट निकै पर, अस्ट्रेलिया को एउटा व्यस्त शहर- मेलबर्न | त्यहि व्यस्त शहरको ५२१ एलिजाबेथ स्ट्रीटसंगै रहेको एउटा ब्यस्त कफी शप र त्यही कफी शपको स्मोकिंग जोन | जहाँ मैले मेरो कथाकी मुख्य पात्र कोहिनूर लाइ पहिलो पटक भेटेको थिएँ | –  “एक्स्युज मी ! मे आइ सिट हेयर ?” म संगैको खालि मेच देखाउँदै […]

मृत्यु बिक्रीमा छ (भाग-६)

त्यो रात फेरी रोएँ म कोहि अरुको लागि, आफ्नो लागि रुनु त नियति बनिसकेको थियो मेरो तर अरुको लागि रोइदिनु पर्ने? त्यो पनि बाध्य भएर | रुँदा रुँदा कतिबेला निदाएछु कुन्नि? भोलिपल्ट बिहानै मोबाइलमा अलार्म बज्दा पो थाहा भो, म भुइंमा नै सुतेको रहेछु | उठेर घडी हेरें, भर्खर बजेको अलार्म मेरो उठ्ने समयको नभएर […]

मृत्यु बिक्रीमा छ (भाग-५)

के बोलौं, के भनौं? कुनै शब्द नै भेटिरहेको थिइन मैले, मेरो शब्दकोश रित्तिएको थियो, मैले जानेका, सुनेका शब्दहरु कुनै पनि काम लागिरहेका थिएनन, आफ्नै ज्ञानको भारीले पनि धोका दिएको थियो | मेरा लागि जिन्दगी भन्ने कुरा केवल माया, प्रेम र रमाइलो मात्र पनि त थिएन त्यतिबेला, सबैभन्दा ठुलो कुरा त आफ्नै आफन्त माझ संकटमा परेको […]

मृत्यु बिक्रीमा छ (भाग-४)

हातमा बलिरहेको चुरोटको ठुटो त्यहीं आडैमा रहेको इंट्टामा ठोसेर निभाएँ र भर्खरै प्राप्त मेसेज फेरी एकपटक पढें, दोहोर्याई तेहेर्याइ पढें | तर एउटा कुरा मनमा नमिठो संग बिझीरह्यो; किन यस्तो गरि स्मारिकाले म संग? के चाहन्थी आखिर उ? कहाँ हराएकी थिइ उ आजसम्म? फेरी किन आइ उ मेरो जीवनमा फर्किएर? यस्तै यस्तै कुराहरुले निमोठीरह्यो भित्रभित्रै, […]

मृत्यु बिक्रीमा छ (भाग-३)

भोलिपल्ट, बिहान करिब आठ बजेतिर निद्रा खुल्यो | उठेर मोबाइल हेरें, कहींकतै आश थियो उसको मेसेज पो आएको छ कि भन्ने | तर आएको रहेनछ | सोचें मलाइ बानि नै परिसकेछ कि के हो १-२ दिन मा नै? अनौठो लाग्यो उसको कुरा गर्ने तरिका र आफ्नो परिचय गोप्य राखेर पनि खुला मनले प्रस्तुत हुन सक्ने […]

मृत्यु बिक्रीमा छ (भाग-२)

भोलिपल्ट, साथि निमेशले आएर ढोका ढकढकाउदा पो झसङ्ग भएँ र यसो घडी हेरेको त बिहानको ७:४५ भैसकेको रहेछ, हत्तपत्त उठें र ढोका खोलें | खल्तीबाट सुर्य चुरोटको प्याकेट निकाल्दै उसले भन्यो “के हो टन्न जांड खाएर सुतियो जस्तो छ नि? आँखा त रातो छ त?” –    “होइन यार, कुरा अर्कै छ,” –    “के कुरा हो […]

मृत्यु बिक्रीमा छ (भाग-१)

रात चकमन्न थियो, आकाशमा बग्रेल्ती ताराहरु निरास निरास पिल्पिलाईरहेका थिए त्यो दिन, निदाउन सकिरहेको थिइन म, निदाउने हरेक प्रयासहरु असफल भइरहेका थिए, किन किन शुन्य लागइरहेको थियो आफ्नै मन? कतै केहि नमिलेजस्तो, कतै केहि नपुगेजस्तो, निरस र निस्सार (?) ओच्छ्यान संगैको झ्यालको पर्दा खोलें बाहिर हेरें बाटोमा हिंडिरहेका सवारीहरुको बत्तिको उज्यालो आइपुग्छ कोठासम्म, चारैतिर उज्यालो भरिन्छ- झलमल्ल, […]